लेखनाथ जेसिज र लेखनाथ जुनियर जेसिजको सयूक्त सम्मान कार्यक्रम

पोखरा ।

साविक लेखनाथ नगरपालिकामा सक्रिय संस्था मध्यको संस्था लेखनाथ जेसिज र लेखनाथ जुनियर जेसिजले भर्खरै मात्र नव निर्वाचित लेखनाथ उद्योग वाणिज्य संघका कार्यसमिति तथा पदाधिकारीलाई एक कार्यक्रमको आयोजना गरि वधाई, स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष वलराम ढकालले लेखनाथ जेसिजले समाजको विकाशका लागि उल्लेखनिय भुमिका निर्वाह गरेको र आगामि दिनमा पनि लेखनाथ जेसिज सँग सधै हातेमालो गर्दै अगाडि बढ्ने विचार व्यक्त गरेका थिए ।

लेखनाथ जेसिजका अध्यक्ष रोशन अधिकारीले यस क्षेत्रको आर्थिक तथा सामाजिक विकाशका लागि लेखनाथ जेसिजले खेलेको भुमिका र साविक लेखनाथ नगरपालिका, लेखनाथ उद्योग वाणिज्य संघका र लेखनाथ जेसिजको अन्तरसम्बन्धका बारेमा आफ्नो भनाई राख्यका थिए ।

कार्यक्रममा संस्थापक अध्यक्ष वावुराम जमरकट्टेल, पूर्व अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी, लेखनाथ जुनियर जेसिजका अध्यक्ष सर्वेन्द्र न्यौपानेले शुभकामना मन्तव्य राख्यको कार्यक्रमको संचालन संस्थाका महासचिव चिरञ्जिवी न्यौपानेले गरेका थिए भने धन्यवाद ज्ञापन पूर्व अध्यक्ष ऋषिराम जमरकट्टेलले गरेको लेखनाथ जुनियर जेसिजका अध्यक्ष सर्वेन्द्र न्यौपानेले जानकारी गराएका छन् ।