ट्रेड युनियन काँग्रेसको परिषद् तयारी पूरा

पोखरा ।

नेपाल ट्रेड युनियन काँग्रेस कास्कीको छैटौं अधिवेशनपछिको प्रथम जिल्ला परिषद् साउन ४ गते हुने भएको छ । परिषद्को सम्पूर्ण तयारी पूरा भएको ट्रेड युनियन काँग्रेस कास्कीका अध्यक्ष विजयराज भण्डारीले जानकारी दिए ।

परिषद्मा ट्रेड युनियन काँग्रेस कास्कीसँग आवद्व संघ÷संस्थाबाट ४÷४ जना र प्रतिष्ठानका अध्यक्ष सहभागी हुने छन् । परिषद्मा साङ्ठनीक गतिविधि ,योजना, भावि कार्यक्रम र आर्थिक प्रतिवेदनमाथि छलफल हुने छ ।

त्यस्तै, ट्रेड युनियन काँग्रेस कास्कीको जिल्ला युवा समिति र महिला समिति पनि गठन हुने छ । पोखरा उद्योग वाणिज्य संघमा हुने परिषद् नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले उद्घाटन गर्नेे सचिव रुद्र तिमिल्सिनाले जानकारी दिए ।