पोखराका गोविन्द थापा फस्ट रनरअप

पोखरा ।

ईडिंयामा भएको बार टेन्डर ड्रिङ्क कम्पिटिसनमा पोखराका गोविन्द थापा फस्ट रनरअप हुन सफल भएका छन् । इडिंयन फलेर बार टेन्डर एशोसियसनले इडिंयाको मुम्बई र बेंग्लोरमा आयोजना गरेको कम्पिटिसनमा थापाले फस्ट रानरअप सहित बेष्ट कक्टेल अवार्ड जित्न सफल भएका हुन् ।

२२ वर्षिय थापाले ३ वर्ष अगाडी शिक्षा संगै बार टेन्डर सिक्नलाई सुरुवात गरेका थिए । नेपालमा अझै फरक रुपमा हेर्ने बार टेन्डर पेशा इडिंयामा भने विकास भएको थापा बताउछन् पर्यटन संगै होटल तथा रेष्टुरेण्टको विकासको लागी बार टेन्डरले भुमिका खेल्ने थापाको बुझाई छ ।

थपाले बेंग्लोर, पुने, गोवा, मुम्बईमा आफ्नो प्रस्तुति देखाई सकेका छन् । नकरात्मक रुपमा हेर्ने बार टेन्डरलाई आगामी दिनमा यसमै लागेर सकरात्मक रुपमा अगाडी बढ्ने थापा बताउछ् । बार टेन्डरलाई फलेरिङ्ग र जगलिङ्ग गरि २ तरिका बाट प्रस्तुति देखाईन्छ ।

विषेशत ठुला ठुला नाईट क्लव र रेष्टुरेण्टहरुमा पछिल्लो समय बार टेन्रलाई महत्व दिएको थापाले बताए । इडिंयामा फस्ट रनरअप भएर आएपछि पोखरामा पनि बार टेन्डरलाई सकरात्मक रुपमा हेर्ने उनको अपेक्षा छ ।।