अपाङ्गता सम्बन्धी अधिकार अनुशिक्षण सम्पन्न

पोखरा ।

पोखरामा नया आुर्थक बर्ष आरम्भ भए संगै अपाङ्गता भएका ब्यक्तिहरुका लागि मानवअधिकार अनुशिक्षण कार्यक्रम संचालन भएको छ । महिला, बालबालिका, जनजाति र ज्येष्ठ नागरिकहरुका संघ संस्थाहरुले आ–आफ्नो हकअधिकार मानव अधिकारका क्षेत्रमा परेको भनेर आवाज उठाई रहेको अवस्थामा अपाङ्गता भएकाहरुले पनि आवाज उठाउन थालिएको कुरा ह्युमन रिसोर्स टे«निङ्ग सेण्टरका डाईरेक्टर अनल नेपालले बताएका हुन् ।

ह्युमन रिसोर्स टे«निङ्ग सेण्टर, पोखराले अनुशिक्षण कार्यक्रमबाट अटिजम लगायतको अपाङ्गता भएका अविभावकहरु लाभान्वित भएको बताएको छ । अपाङ्गता भएका ब्यक्तिहरुको बिश्वब्यापि मान्यता, अन्तराष्ट्रिय महासन्धी र नेपालको संबिधान र ऐन कानुनमा भएका ब्यवस्था बारे सहजिकरण गर्दै राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेका अधिकृत खिमलाल सुवेदीले हाम्रो देशमा अझै पनि घरपविारले अपाङ्गता भएका आफना पाविारिक सदस्यलाई अपाङ्गताको परिचय पत्र लिन अप्ठयारो मान्ने गरेको हुंदा यो क्षेमा राज्यबाट पाउने सिबिधा लिन बञ्चित हुनु परेको बताउनु भयो । अपाङ्गता भएका बालबालिकालाई साधारण बिद्यालयमा भर्ना गर्न ईन्कार गरेकोमा आफुहरुले पैरवी गरेर त्यस्ता बालालिकालाई पढाउन लगाईएको उहांले उक्त अवसरमा जानकारी दिनु भयो । यसै गरि अटिजम जस्तो पुर्ण वा अति अशक्त भएका बालबालिका साथै अशक्त नागरिकहरुको बिशेष पालन पोषण र स्याहार गर्नु परेकाले एकल घरपरिवारले मात्रै यो समस्या समाधान गर्न सकिदैन भन्ने कुरा उक्त अवसरमा औंल्याईयो ।

हाल न्युरो डेभलपमेण्ट डिसअर्डर भएका मध्य बिशेष गरि अटिजम भएका बालबालिका र अविभावकलाई अटिजम सम्बन्धी सैद्धान्तिक तथा ब्यवहारिक तालिम एवम प्रशिक्षण कार्यक्रम संचालन गर्दै आएको उक्त सेण्टरका प्रमुख प्रशिक्षक तथा सहजकर्ता सम्झना पराजुलीका अनुसार अनुशिक्षण कार्यक्रममा नागरिक समाज र अधिकारकर्मीहरुको सहभागिता रहेको थियो । मानव अधिकार भनेको राजनीतिक अधिकार र प्रेस स्वतन्त्रता मात्र हो भन्ने मान्यता राख्दै आएको नेपाली समाजमा नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भैसकेको अवस्थामा अव बिभिन्न प्रकारका अशक्त समुदाय, आर्थिक रुपले पिछडिएका बर्ग, उत्पीडनमा परेका समाजले समेत आफ्नो अधिकार खोजिरहेका छन् । उक्त कार्यक्रममा नमस्ते हस्पिटल बिरौटाचोकका प्रबन्ध निर्देशक दीपक सुबेदीले अपाङ्गता भएका बालबालिका उपचारमा आएमा आफुहरुले पचास प्रतिशत सेवामा छुट दिएको बताउनु भयो ।

यसै शिलशिलामा नेपालको संबिधान, ऐन कानुन र नियमावलीमा उल्लेखित अधिकारलाई ब्यवहारमा लागु गर्न यस प्रकारको अनुशिक्षणले सम्बन्धित निकायलाई प्रेरणा मिल्ने र आवाज बिहिनहरुको लागि आवाज उठाउन मद्दत पुग्ने कुरा अटिजम सम्बन्धी प्रशिक्षण प्राप्त सबिता घिमिरेले बताईन । आजका अपाङ्गता भएका बालबालिका भोलीका ज्येष्ठ नागरिक हुने साथै बिभिन्न प्रकारका अपाङ्गता भएका ज्येष्ठ नागरिकहरुको पनि हकअधिकार कसरी सुरक्षित गर्ने भन्ने कुरामा मिलेर काम गर्न आफुहरु तयार रहेको जानकारी राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ गण्डकीका महासचिव अमर राज शर्मा रेग्मीले दिएका छन् ।