कोरोना संक्रमितको उपचारको राम्रो प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण

emale

बैशाख १९, कास्की,

कोरोना संक्रमितको उपचारको राम्रो प्रबन्ध गर्न सत्तारुढ नेकपा एमालेले सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा आइतबार बसेको स्थायी कमिटीको आकस्मिक बैठकले संक्रमितको उपचारमा सम्पूर्ण ध्यान लगाउन भनेको हो ।

बैठकपछि विज्ञप्ति जारी गर्दै प्रवक्ता प्रदीप ज्ञवालीले कोरोना रोकथामका लागि स्वयंसेवीका रुपमा परिचालित हुन पार्टी पंक्तिलाई आह्वान पनि गरेको बताउनुभएको छ ।