दाङमा कारभित्र तीन बालकको शव भेटियो (परिचय सहित)

dang car vittra sab

बैशाख १९, दाङ

तुलसीपुर उपमहानगरपालिका–६ मा भारतीय नम्बर प्लेटको कारमा ३ बालकको शव भेटिएको छ । तीनैजना तुलसीपुर उपमहानगरपालिकाका रहेको प्रहरीले बताएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगरपालिका–६ का भीमबहादुर परियारका १० वर्षीय छोरा सन्देश, सन्तोष परियारका ७ वर्षीय छोरा सुवर्ण र किरण परियारका ७ वर्षीय छोरा करणको शव भेटिएको छ । उनीहरु तीनैजना गएको १६ गतेदेखि हराएका थिए । उनीहरुका अभिभावकले १७ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा निवेदन दिएका थिए ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी शिव सिंहका अनुसार घटनाको अनुसन्धानका लागि नेपालगञ्जबाट तालिमप्राप्त कुकुरसहित प्रहरीको विशेष टोली तुलसीपुर पुगेको छ । बालकहरुको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको प्रहरी जनाएको छ ।