सांसद शाहकिो कोरोना रिपोर्टबारे लाइफ केयर संचालकको विज्ञप्ती

amar life care sanchalak

बैशाख १७, पोखरा,

गण्डकी प्रदेश सभाका सांसद खिम विक्रम शाहीको कोरोना रिपोर्ट पोजेटिभ आएपछि विवादस्पद बनेको लाइफ केयर डाइग्नोस्टिक्स रिसर्च सेन्टरले राजीनितक जोड घटाउसंग कुनै आइनो साइनो नभएको बताएको छ ।

पेशागत मर्यादाप्रति रहेको र रहिरहने प्रतिवद्दता समेत संचालक डा अमर नागिलाले एक विज्ञप्ती मार्फत जनाएका छन् ।

‘राजनीतिक जोड घटाउसंग कुनै आइनो साइनो नरहेको र गरिएका आशंका तथा अनर्गल प्रचारको भ्रममा नपर्नुहुन सम्पूर्ण शुभचिन्तक र सेवाग्राहीमा अनुरोध गर्दछौं’ , विज्ञप्तीमा भनिएको छ ।