त्रिवि सहित पोखरा विश्वविद्यालयका पनि सबै परीक्षा स्थगित

tribi

बैशाख १३, कास्की,

त्रिभुवन विश्वविद्यालयले स्नातक तथा स्नातकोत्तर तहका सबै परीक्षा अर्काे सूचना नआएसम्मका लागि स्थगित गरेको छ । सोमवार बसेको त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले पूर्वनिर्धारित स्नातक तथा स्नातकोत्तर तहका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले विज्ञप्ति निकाल्दै देशका विभिन्न ठाउँमा लकडाउन र निषेधाज्ञा हुने भएपछि त्रिविका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसका स्नातक र स्नातकोत्तर तहका सञ्चालित भइरहेका र सञ्चालनको प्रक्रियामा रहेका वार्षिक तथा सेमेस्टर प्रणालीका विभिन्न परीक्षा स्थगित गर्ने निर्णय गरेको उल्लेख गर्नुभएको छ ।

यसैबिच पोखरा विश्वविद्यालयले पनि एक सुचना जारि गर्दै सम्पूर्ण परीक्षाहरू स्थगित गरेको छ । विश्वविद्यालयले सञ्चालनको तयारीमा रहेका र हाल जारी रहेका परीक्षाहरू अर्को सुचना नआएसम्मकोलागि स्थगित गरेको जनाएको छ ।

यसअघि आइतवार बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले पूर्वनिर्धारित सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो ।