बैशाख १०, कास्की,
पछिल्लो २४ घण्टामा दुई हजार पाँच सय सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आठ हजार सात सय ९८ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार चार सय ४९ जना र आठ सय ६६ जनाको एन्टिजेन परीक्षण गर्दा एक सय १० जनामा सङ्क्रमण पुष्टि भएको हो ।
आज थपिएका सहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ९४ हजार ६ सय एक पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा चार सय १० जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७६ हजार सात सय ५५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा पाँचसहित अहिलेसम्म कोरोना सङ्क्रमणबाट तीन हजार एक सय २२ जनाले ज्यान गुमाएका छन् । अहिले नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १४ हजार सात सय २४ रहेको छ ।
यसैबिच
पछिल्लो २४ घण्टामा पोखरा महानगरपालिकामा ६४ जना सहित गण्डकी प्रदेशमा थप ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कास्की जिल्लामा संक्रमितको संख्या ९ हजार २७ पुगेको छ ।
यस्तै तनहुँका ६ जना, गोरखाका ५ जना, स्याङजाका ४ जना, पर्वतका २ जना, बाग्लुङका ३ जना र म्याग्दीका २ जना सहित ८६ जनामा कोरोना पुष्टि भएको हो ।
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १७ हजार ५ सय ७४ पुगेको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या ७७३ रहेको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशमा २११ जनाको मृत्यु भएको छ ।