पोखराका ५५ जना सहित थप २,४२८ जनामा संक्रमण पुष्टी

Corona_Virus_tile

बैशाख ९, कास्की,

पछिल्लो २४ घण्टामा कास्कीको पोखराका ५५ जना सहित देशभर २ हजार ४ सय २८ जना कोरोना भाइरसका नयाँ सङक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार १० हजार १ जनामा गरिएको पिसिआर परीक्षणमा २ हजार ३ सय ६५ जना र ४ सय ४७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६३ जना गरी जम्मा २ हजार ४ सय २८ जना नयाँ संक्रमित भेटिएका हुन् ।

यस्तै, आज ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । हालसम्म ३ हजार १ सय १७ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । त्यस्तै, आज २ सय ५२ जनाले कोरोनालाई जितेर घर फर्किएको मन्त्रालयले जनाएको छ । हाल देशभरको संस्थागत क्वारेन्टाइनमा ८१ जना रहेको र देशभर १३ हजार ६ सय ९० जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार पोखराका थप ५५ जना सहित गण्डकी प्रदेशका अन्य जिल्ला म्याग्दीमा ११ जना, नवलपुरका ५ जना, पर्वतका ३ जना, तनहुँमा २ जना, लमजुङमा १ जना तथा स्याङ्जामा ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १७ हजार ४ सय ८८ पुगेको छ ।