बैशाख ९, कास्की,
साताको अन्तिम दिन शेयर बजारमा सुधार आएको छ । साताभर जसो ओरालो लागेको बजार अन्तिम दिन आज दोहोरो अंकले सुधारिएको हो । तीब्र उतार चढावबीच नेप्से १५ अंकले उकालो लागेर २६ सय ४८ पुगेर थामियो ।
आज जीवन र निर्जीबन बीमा समूह दुबै १ सय १४ अंकले,लघुवित्त समूह ५३ अंकले, उत्पादनमूलक समूह ४७ अंकले, वाणिज्य बैंक समूह ९ अंकले, विकास बैंक, अन्य र व्यापार समूह पनि दोहोरो अंकले सुधारिएका छन् । होटल तथा पर्यटन समूहको सेयर भने ५३ अंकले घटेको छ ।
आज नेपाल स्टक एक्सचेन्जमा २ सय १४ कम्पनीको १ करोड ३० लाख कित्ता शेयर ५ अर्ब ९२ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।