सभामुख सापकोटा विरुद्धको मुद्दाको सुनुवाई फेरि स्थगित

savamukh

बैशाख ८, काठमाण्डौ,

सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा बुधवार (आज) पनि सुनुवाइ स्थगित भएको छ । सर्वोच्च अदालतमा विचाराधीन कर्तव्य ज्यान मुद्दाको सुनुवाइका लागि आज पेशी तोकिएकोमा अदालतले ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ ।

यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा मुद्दा सुनुवाइका लागि पेशी तोकिएको थियो । सापकोटाविरुद्धको मुद्दा यसअघि पनि पटक–पटक पेशीमा परे पनि हेर्न नभ्याइने सूचीमा परेको थियो ।
सशस्त्र द्वन्द्वको बेला काभ्रेका अर्जुन लामाको २०६२ वैशाख १६ गते तत्कालीन माओवादीले अपहरण गरी हत्या गरेको अवस्थामा दुई महिनापछि शव फेला परेको थियो ।

अर्जुनकी श्रीमती पूर्णिमायाले २०६९ मङ्सिर ७ गते कर्तव्य ज्यान मुद्दा अघि बढाउन माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर गर्नुभएको थियो । अदालतको आदेशपछि काभ्रे प्रहरीले २०६५ साउन २७ गते सापकोटालगायत अरू ६ जना माओवादी नेता÷कार्यकर्ताविरुद्ध कर्तव्य ज्यान मुद्दाको उजुरी दर्ता गरेको थियो ।