मानिसको भिडभाड हुने सम्पूर्ण स्थान र कार्यक्रम बन्द गर्न जिल्ला प्रशासनको आदेश

kaski cdo office

बैशाख ८, कास्की,


जिल्ला प्रशासन कार्यलय कास्कीले कोरोना संक्रमणको जोखिम बढेको भन्दै बैशाख मसान्तसम्म मानिसको भीडभाड हुने सबै स्थानहरु बन्द गर्न आदेश जारी गरेको छ ।


प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमद्धारा जारी १७ बुंदे विज्ञप्तिमा पोखराका विद्यालय, सिनेमाहल, डान्सबार, डिस्को, दोहोरी, दर्शक सहितको विभिन्न खेलकुदका कार्यक्रम, सभा, समारोह, हाटबजार पूर्ण रुपमा बन्द गर्नुपर्ने उल्लेख गरिएको छ । यस्तै सार्वजनिक यातायात, आन्तरिक हवाई उडान, होटल रेष्टुरेण्ट लगायतमा स्वास्थ्य मन्त्रालयले तय गरेको सम्पूर्ण स्वास्थ्य मापदण्ड पालना गरेर मात्र सञ्चालन गर्न भनिएको छ ।


जिल्ला प्रशासनले उल्लेख गरेका नियमहरुको पालना नगरेमा, संक्रामक रोग ऐन २०२० र स्थानिय प्रशासन ऐन २०२८ अनुसार जोकोहिलाई पनि कारबाही गरिने विज्ञप्तिमा जनाईएको छ ।
आदेशमा बिहान ८ बजेदेखी बेलुकी ८ बजेसम्म होटल रेष्टुरेण्टले दुई मिटरको दुरी कायम गरि अनिवार्य मास्क र सेनिटाइटजरको व्यबस्थापन गर्नुपर्ने उल्लेख गरिएको छ ।

रेष्टुरेन्टदेखि सबै सार्वजनिक स्थान, मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी २०७८ वैशाख मसान्तसम्म नित्यपूजा, ध्यान र प्रार्थना मात्र गर्न गराउन भनिएको छ ।


त्यस्तै प्रयोग गरिएका माक्स जथाभावि नफाल्न, घरबाट निस्कँदा स्वास्थ्य मापदण्ड पालना गरेर मात्र निस्कन, २५ जना भन्दा धेरै भेला हुने गरे सभासमारोह नगर्न, सार्वजनिक स्थलहरुमा दुई व्यक्तिबिच २ मिटरको दुरि कायम गर्न पनि भनिएको छ ।