बलिउड अभिनेता सोनु सूदलाई कोरोना संक्रमण

Sonu_sood

वैशाख ४, मुम्बई,


बलिउड अभिनेता सोनु सूदलाई कोरोना संक्रमण भएको छ। आफूलाई कोरोना संक्रमण भएको सोनुले शनिबार सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।

‘कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ। यसकारण म क्वारेन्टिनमा छु। चिन्ता लिनु पर्दैन। उल्टो अब मसँग पहिलेभन्दा बढी समय रहने छ तपाईंहरुको समस्या बुझ्नका लागि। जुनसुकै समस्यामा म सधैँ तपाईंहरुको साथमा छु, ’ उनले ट्वीटरमा लेखेका छन्।