हिजो जस्तै आज पनि धेरैठाउँमा हावाहुरी र चट्याङ्ग सहित वर्षाको सम्भावना

mausam sanket

बैशाख ३, कास्की,

गएराति गण्डकी प्रदेशको कास्की जिल्ला सहित विभिन्न स्थिानमा ठूलो हावाहुरी सहित सामान्य वर्षा भएको छ । सामान्य वर्षाकै कारण अहिले पोखरा आसपासको वायु प्रदुषणमा पनि केहि कमि आएको छ ।
अहिले प्रि–मनसुन सक्रिय भएकाले हुरी बतास चलेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।
तर, प्रि–मनसुन सक्रिय भए पनि पानी पर्ने गरी प्रणाली नबनेकाले ठूलो हुरी चले पनि वर्षाको सम्भावना भने कम रहेको उहाँको भनाई छ ।

यस्तै, आज र भोलि पनि बेलुकापछि ठूलो हुरीबतास चल्ने अनुमान गरिएको छ । प्रि–मनसुनमा दिउँसोपछि मौसम बद्ली भएर हावाहुरी चल्ने, चट्याङ्ग पर्ने र पानी पर्ने हुनाले सावधानि अपनाउन पनि उहाँले आग्रह गर्नुभएको छ ।

गएरातिको ठूलो हुरीले वायुमण्डलमा थुप्रिएका धुलोका कणलाई केही उडाए पनि पानी पर्ने सम्भावना नरहेकाले प्रदूषण फेरि बढ्ने सम्भावना रहेको मौसमविद मानन्धरको भनाई छ । तुवाँलो, धुवाँधुलो र डढेलोका कारण वायु प्रदूषण बढेकाले ठूलो पानी नपरेसम्म पूर्णरुपमा वायुमण्डल सफा नहुने उहाले बताउनुभयो ।