नेप्सेले अहिले सम्मकै उच्च विन्दुमा पुगेको रेकर्ड राख्यो

tt

चैत ३०, कास्की,

शेयर बजार परिसूचक नेप्से कीर्तिमानी अङ्कमा पुगेको छ । सोमवार १७ दशमलव २० अङ्कले बढेर २६ सय ९१ दशमलव ५५ विन्दुमा पुगेको नेप्सेले अहिलेसम्मकै उच्च विन्दुको रेकर्ड बनाएको हो । यसअघि नेप्से चैत २२ गते २६ सय ५७ विन्दुसम्म पुगेको थियो ।

सोमवार बैकिङ समूहको शेयर १७ दशमलव ८१ अङ्कले, विकास बैंकको शेयर ३९ दशमलव ३६ अङ्कले, निर्जीवन बीमा समूहको शेयर एक सय ६३ दशमलव ७६ अङ्कले, माइक्रोफाइनान्सको शेयर एक सय ८८ दशमलव ५६ अङ्कले र जीवन बीमा समूहको शेयर एक सय ९७ दशमलव ७९ अङ्कले बढेको छ ।

सोमवार दुई सय १६ कम्पनीका एक करोड ३८ लाख २१ हजार पाँच सय ७३ कित्ता शेयर सात अर्ब ६१ करोड आठ लाख रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै एनआईसी एसियाको २५ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।