पोखरामा दुई कोरोना संक्रमितको मृत्यु, आज कास्किमा २३ संक्रमित थपिए

Corona_Virus_tile

चैत ३०, कास्की,


कोरोना भाइरस संक्रमणबाट गण्डकी प्रदेशमा थप २ जनाले ज्यान गुमाएका छन् । पोखरा महानगरपालिकाका ७८ वर्षीय १ जना कोरोना भाइरस संक्रमितको ज्यान गएको छ । उनको उपचारका क्रममा पोखराको चरक मेमोरियल अस्पतालमा आज ज्यान गएको हो । यस्तै तनहुँका ५१ वर्षीय पुरुषको पनि चरक मेमोरियल अस्पतालमा नै हिजो ज्यान गएको हो । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या २ सय ७ पुगेको छ । यसैबिच कास्कीमा थप २३ जना सहित गण्डकी प्रदेशमा थप २६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार आज थपिएका २१ जना पोखरा महानगरापालिका र २ जना माछापुछ«े गाउँपालिकाका रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा गण्डकी प्रदेश कै अर्को जिल्ला नवलपरासी पूर्व नवलपुरमा पनि थप ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १६ हजार ९ सय ३३ पुगेको छ ।