विकास विरोधीहरूले सरकार परिवर्तन गर्न खोज्दैछन् : प्रधानमन्त्री ओली

kp-sharma-oli pm

चैत २८, काठमाण्डौ,

प्रधानमन्त्री केपी शर्मा ओलीले विकास विरोधीहरू सरकार परिर्वतनको खेलमा लागेको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित नेपाल उद्योग वाणिज्य महासंघको ५५औं वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकास विरोधीहरु सरकार परिर्वतनको खेलमा लागेको दाबी गर्नुभएको हो ।

भुकम्पले ध्वस्त बनाएका संरचनाहरूको पुर्ननिर्माण, अस्पताल र बाटाहरू निर्माणका लागि सरकारले उल्लेखनिय काम गरेको दाबी गर्नुभयो । विकास विरोधी र मुलुकमा अस्थिरता निम्त्याउन खोज्नेहरूले सरकारको विकल्प खोज्नेतर्फ उन्मुख भएको भन्दै उहाँले त्यस्ता क्रियाकलापमा संलग्नहरुलाई ‘सकुनी’को संज्ञा दिनुभयो ।

ओलीले संसदीय अंकगणितलाई दुरुपयोग गर्ने ‘सकुनीका गोटी’नै आफूले फ्याकिदिने चेतावनी दिनुभयो ।