सोमबार बस्ने प्रतिनिधिसभाको कार्यसूची

samsad

चैत २२, काठमाण्डौँ,

सोमबार बस्ने प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । संघीय संसदको महासचिव डा. भरतराज गौतमले सोमबार बस्ने बैठकको कार्यसूची सार्वजनिक गरेका हुन् ।

कार्यसूचीअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष ०७६÷७७ को वार्षिक प्रतिवेदन पेश गर्नेछन् । सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन, ०७७ पेश गर्नेछन् ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले संघीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७७ पनि पेश गर्नेछन् ।