पोखरामा २५ सहित पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ७९ जनामा कोरोना संक्रमण

corona

चैत २०, कास्की,

नेपालमा पछिल्लो २४ घण्टामा १७९ जना कोरोना संक्रमित थपिएका छन् । ३ हजार ५६५ जनाको पीसीआर परीक्षण गर्दा १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ६४० पुगेको छ । पछिल्लो पछिल्लो २४ घण्टामा १ सय ११ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ९६२ पुगेको छ । नेपालमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनाकाबाट हालसम्म ३ हजार ३१ जनाको मृत्यु भएको छ ।
यसैबिच पछिल्लो २४ घण्टामा कास्कीका २५ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार आज कास्कीका १४२ जनाको स्वाब परीक्षण गर्दा पोखरा महानगरपालिकाका विभिन्न वडाका महिला पुरुष गरी २५ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । यस्तै आज नै तनहुँका १५ जनाको परीक्षण गर्दा ब्यास नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको छ । आज पुष्टि भएका २७ संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १६ हजार ६ सय ५३ पुगेको छ, जसमा ३४२ सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा गण्डकीबाट २० जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १६ हजार १ सय ६ पुगेको छ भने, संक्रमणकै कारण गण्डकीमा हालसम्म २०५ जनाले ज्यान गुमाइसकेका छन् ।