“तीन वर्षभित्र याङ्ग्री र लार्केको पानी ल्याउँछौँ” : प्रधानमन्त्री

kp-sharma-oli pm

चैत २०, काठमाण्डौँ


प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ को नयाँ वर्षमा याङ्ग्री र लार्केको पानी काठमाडौंमा ल्याउने घोषणा गर्नुभएको छ । शुक्रबार काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण शुभारम्भ कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तीन वर्षभित्र याङ्ग्री र लार्केको पानी पनि काठमाडौंमा ल्याइने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले मातहतका मन्त्रालयलाई समयमै काम सक्ने गरी लाग्न समेत निर्देशन दिनुभएको छ । मेलम्चीको पानी आएपछि धेरै वर्षदेखि देखेको सपना पूरा भएको उहाँले बताउनुभयो ।