आहा-रारा गोल्ड कपको खेल तालिका सार्वजनिक

goldcup

चैत २०, कास्की,

आहा–रारा गोल्ड कपको १९ औं संस्करण भोली शनिबारदेखि सुरु हुँदैछ। उद्घाटन खेलमा आयोजक सहारा क्लब र सशस्त्र प्रहरीको एपीएफ भिड्ने भएका छन् । ।

प्रतियोगिताको विजेताले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ भने उपविजेताले नगद ५ लाख १ हजार प्राप्त गर्ने छन् ।
व्यक्तिगत विधातर्फ सूर्यबहादुर केसी मेमोरियल उत्कृष्ट गोलकिपर, डिफेन्डर,मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी कूल ८ वटा टिम सहभागी हुनेछन् । जसमा मनाङ मर्स्याङ्दी क्लब, नेपाल पुलिस क्लब, थ्री स्टार क्लब, नेपाल एपिएफ क्लब, संकटा क्लब, मछिन्द्र क्लब, अफ्रिकन रूट एसोसिएसन क्यामरुन र सहारा क्लब पोखरा रहेका छन् ।

गत संस्करणमा नेपाल पुलिसलाई हराएर मनाङ मर्स्याङ्ली क्लबले उपाधि जितेको थियो । प्रतियोगितामा पहिलो चरणको खेल हेर्न १ सय ५०, सेमिफाइनलका खेल हेर्न २ सय र फाइनल खेल हेर्न ३ सय रुपैयाँ टिकर दर तोकिएको छ ।