गण्डकी प्रदेशका २९ जना सहित थप १५२ जनामा कोरो संक्रमण पुष्टि

corona

चैत १९, कास्की,

नेपालमा पछिल्लो २४ घण्टामा थप १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार २ सय १३ जनामा भएको पीसीआर परीक्षण गर्दा १५२ जनामा संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै नेपालमा कूल कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ४ सय ६१ पुगेको छ । सो अवधिमा संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म संक्रमणका कारण ३ हजार ३१ जनाको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १ हजार ५ सय ७९ जना रहेको छ ।
यसैविच आज कास्कीका २० सहित गण्डकीका २९ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार आज गण्डकीका १८० जनामा गरिएको परीक्षणमा थप २९ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
यस्तै आज तनहुँका २ , बाग्लुङका ५ , पर्वतका १ र म्याग्दीका १ सहित २९ जनामा कोरोना पुष्टी भएको हो । यो सँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १६ हजार ६ सय २६ पुगेको छ । जसमा ३३५ सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट २९ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १६ हजार ८६ पुगेको छ भने, संक्रमणकै कारण अहिलेसम्म गण्डकी प्रदेशका २०५ जनाले ज्यान गुमाइसकेका छन् ।