शैक्षिक सुधार कार्यक्रमको लागि ५ अर्ब ६ करोड बजेट : प्रधानमन्त्री

Screenshot_20200628_215234

चैत १९, कास्की

प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय शिक्षाका लागि शिक्षकहरूको गुणस्तरलाई माथि उकास्नुपर्ने बताउनुभएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत छनोटमा परेका विद्यालयहरूको विवरण प्रस्तुत गर्ने कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले गुणस्तरीय शिक्षाका लागि शिक्षकहरूको गुणस्तरमा ध्यान पु¥याउनुपर्ने बताउनुभएको हो ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत देशभरका ४ हजार २ सय ५० वटा विद्यालयहरूलाई कक्षाकोठा, शौचालय, शैक्षिक सामाग्री, सूचना प्रविधि, ल्याव तथा पुस्तकालय, नविन प्रविधि, विशेष विद्यालय र भौतिक पुर्वाधार तथा शैक्षिक विकास शिर्षकमा बजेट विनियोजन गरिएको पनि बताउनुभयो ।

विद्यालयको छनोट प्रक्रिया उपयुक्त विधिका साथ भएको र आगामी वर्षहरूमा पनि विद्यालयहरूमा यस प्रकारका कार्यक्रमहरू नीति, कार्यक्रम र बजेट मार्फत पार्दै जाने प्रधानमन्त्री ओलीले बताउनुभयो । सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको लागि ५ अर्ब ६ करोड बजेट छुट्याएको छ ।