पोखराको वायु प्रदुशण (तस्बीर सहित) : उडान पनि अवरुद्ध

4

चैत १५, पोखरा,


पोखराको वायुको प्रदूषण आइतबार पनि घटेको छैन । धुवाँ र तुवाँलोका कारण यहाँको जनजीवन प्रभावित बनेको छ । भिजिविलिटी पनि घटेको छ ।

पोखरा दिउँसै अध्यारो देखिएको छ । आसपासका डाँडाकाँडा पनि नदेखिँदा उकुसमुकुस भएजस्तो अनुभूति भएको पोखरेलीले बताएका छन् । वायु प्रदूषणले पोखरा तीनदिनदेखि धुम्मिएको छ । बाक्लो तुवाँलोका कारण पोखरा आसपासका डाँडाकाँडा पुरै छेकिएका छन् ।

गण्डकी प्रदेशको वन मन्त्रालयका सचिव डा. महेश्वर ढकालका अनुसार गण्डकीका विभिन्न जिल्लामा आगलागी भएको छ । गोरखा, कास्की, स्याङजा, नवलपुरमा आगलागी भएको उनले बताए । त्यही आगलागीले पनि अहिलेको वायु प्रदूषण बढाएको उहाले बताउनुभयो ।


आज मध्यान्ह पोखराको रत्नचोकस्थित जल तथा मौसम विज्ञान कार्यालयको वायु गुणस्तर सुचकांक १४५ थियो । त्यस्तै लामाचौरस्थित गण्डकी बोर्डिङ परिसरको सुचकांक २२२ र लेखनाथस्थित पोखरा विश्वविद्यालय परिसरको सुचकांक १९४ थियो ।

यसैविच तुवाँलोका कारण भिजिबिलिटी कम हुँदा तीन दिनदेखि आजसम्म पोखरा सहित भरतपुर विमानस्थलका पनि सबै उडान प्रभावित भएका छन् । कास्की सहित देशका १७९ ठाउँमा वनमा डँडेलो लाग्दा भएको वायुप्रदुषणका कारणले शुक्रबारदेखि भरतपुर र पोखराको विमानस्थलबाट उडान हुन नसकेको कार्यालयले बताएका छन् ।