कम्पनि परिवर्तन गरे पनि दोस्रो पटक दक्षिण कोरीया जान पाउने

south koria

चैत १५, कास्की,


दक्षिण कोरियामा ईपीएस प्रणालीअन्तर्गत काम गरिरहेका नेपालीलगायत विदेशी कामदारले अब काम गरेको कम्पनी परिवर्तन गरे पनि कमिटेड (प्रतिबद्ध) कामदारका रूपमा दोस्रोपटक कोरिया जान पाउने भएका छन् । यस्तो व्यवस्थासहितको कानुन गएको वर्षकै असोजतिर मस्यौदा तयार भएको भए पनि गएको बुधवार कोरिया सरकारले पारित गरेको प्रवासी मजदुर युनियन (एमटीयू)का अध्यक्ष उदय राईले जानकारी दिनुभयो । यसअघिको कानुनमा कम्पनी परिवर्तन नगरी एउटै कम्पनीमा लगातार चार वर्ष १० महिना काम गरेकाहरु मात्र दोस्रो कार्यकालका लागि प्रतिबद्ध कामदारका रूपमा कोरिया जान पाउँथे ।
नयाँ नियमानुसार कम्पनी सरे पनि केही निश्चित सर्त पूरा गरी कोरिया फेरि जान पाउने भएका हुन् । कोरिया पुनः प्रवेशका लागि उस्तै प्रकृति भएका अथवा एकै किसिमका काम भएको कम्पनी परिवर्तन गरेका विदेशी कामदार, भाषामा दक्ष र आफूले स्वदेश फर्किनुअघिको कम्पनीमा एक वर्ष निरन्तर काम गरेको हुनुपर्नेलगायतका सर्त राखिएका छन् । तर यो कानुन बुधवार संसद्बाट पारित भए पनि छ महिनापछि मात्र लागू हुने बताइएको छ ।