माछापुच्छ्रे गाउँपालिका ६ दिनका लागि बन्द

maxapuxre palika

चैत्र १३, पोखरा ।


कास्कीको माछापुच्छ्रे गाउँपालिकामा कोरोना संक्रमित बढेपछि गाउँपालिकाको सेवा ६ दिन बन्द गरिएको छ । गाउँपालिका कार्यालय रहेको वडा नं ४ को लाहाचोकमा केही दिनयता संक्रमित बढेकाले चैत १३ गते देखि १८ गते सम्म गाउँ कार्यपालिका कार्यालयबाट प्रदान गरिने सबै सेवा बन्द गरिएको अध्यक्ष कर्णबहादुर गुरुङले जानकारी दिनुभयो ।
गाउँको १ सहकारीका सदस्य सहकारी भ्रमणमा गएर फर्किएपछि सुरुमा ३ जनामा संक्रमण पुष्टि भएको र सोही आधारमा कन्ट्याक्ट टे«सिङका आधारमा नमूना परीक्षण गर्दा चैत ११ गते थप १३ जनामा संक्रमण पुष्टि भएको बताइन्छ । संक्रमित भ्रमणमा गएका र उनीहरुका परिवारका सदस्य रहेका छन् । कार्यालयबाट सेवा प्रवाह गर्दा संक्रमण अझ बढ्न सक्ने अवस्था रहेकाले सेवाग्राहीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर सेवा बन्द गरिएको अध्यक्ष गुरुङले बताउनुभयो ।
यसैविच जिल्ला प्रशासन कार्यालय कास्कीले पछिल्लो समय छिमेकी देशमा फैलिरहेको कोरोना भाइरस संक्रमणको अवस्थालाई मध्यनजर गर्दै अनावश्यक सभा समारोह, सम्मेलन र भेला आयोजना नगर्न आग्रह पनि गरेको छ । साथै नजिकिँदै गएको होली पर्व सकेसम्म घरमै रहेर मनाउन र स्वाथ्य तथा जनसंख्या मन्त्रालयले जारीगरेको स्वास्थ्य मापदण्ड पालना गरेर मात्र घरबाहिर निस्कन पनि जिल्ला प्रसासनले अनुरोध गरेको छ ।