पछिल्लो २४ घण्टामा देशभर थप १२० जनामा कोरोना संक्रमण, कास्की जिल्लामा २८ जना संक्रमित थपिए

helt news

चैत १२, पोखरा,


नेपालमा पछिल्लो २४ घण्टामा थप एक सय २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २८ सय ९१ जनाको पीसीआर परीक्षण गर्दा एक सय २८ जनामा सङ्क्रमण पुष्टि भएको र अहिलेसम्म कोरोना पोजेटिभ हुनेको सङ्ख्या दुई लाख ७६ हजार पाँच सय नौ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै थप ८५ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७२ हजार दुई सय ७२ पुगेको छ । अहिले नेपालमा १२ सय १७ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । नेपालमा अहिलेसम्म कोरोनाबाट तीन हजार २० जनाको ज्यान गएको छ ।
यसैविच
बिहीबार कास्कीमा थप २८ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि भएका संक्रमित मध्ये कास्कीको माछापुछ्रे गाउँपालिकाका एकै वडाका १३ जना रहेका छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार आज कास्कीका १२० जनामा गरिएको परीक्षणमा माछापुछ्रे गाउँपालिका वडा नं –४ का १० जना महिला र ३ जना पुरुषमा कोरोना पुष्टि भएको हो । केही महिनायता पोखरा महानगर बाहेक कास्की जिल्लाका अन्य स्थानमा कोरोना संक्रमितको संख्या शून्य रहेको थियो । यस्तै आज पुष्टि भएका अन्य १८ जना पोखरा महानगरपालिका भित्रका रहेका छन् ।
यस्तै आजकै परीक्षणमा कास्की जिल्ला बाहिर तनहुँका २ सहित गण्डकीमा थप ३० जनामा कोरोना पुष्टि भएको छ । आज पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १६ हजार ४ सय ५१ पुगेको छ, जसमा सक्रिय संक्रमित २६३ छन् । पछिल्लो २४ घण्टामा गण्डकीबाट ५ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १५ हजार ९ सय ८३ पुगेको छ भने, संक्रमणकै कारण गण्डकीमा अहिलेसम्म २०५ जनाले ज्यान गुमाईसकेका छन् ।