सुनको भाउ फेरी बढ्यो, आज तोलाको ८७ हजार दुई सयमा कारोबार हुँदै

Gold

चैत ८, पोखरा ।

सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज ८७ हजार दुई सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आजका लागि तेजाबी सुनको भाउ ८६ हजार ७५० रुपैयाँ तोकिएको छ । चाँदीको भाउमा पनि सामान्य वृद्धि भएको छ । शुक्रबार १२७५ रुपैयाँ तोलामा कारोबार भएको चाँदीको भाउ प्रतितोला पाँच रुपैयाँले बढेर १२८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।