चैत ६, पोखरा ,
नवलपुर र रुपन्देहिमा भएको छुट्टा छुट्टै सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोती अन्तर्गत पर्ने खरकट्टा जङ्गलमा लु ५८ प ७०४८ नंम्बरको स्कुटर गएराती दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कावासोती नगरपालिका–२ का ३५ वर्षीय जीवन राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिनुभयो । दुर्घनामा घाईते भएका रानाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा ज्यान गएको हो । दुर्घटनाको कारण नखुलेको प्रहरीले जनाएको छ ।
यसैबिच रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका ११ तेनुहवामा हिजो ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । हिजो साँझ भारतिय नम्बरको ट्रकले लु १२ प ६१०१ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक लुम्बिनी साँस्कृतिक नगरपालिका ७ का दिपक कुर्मी र निजको श्रीमती २६ वर्षिया माया कुमी घाईते भएका थिए । घाईते दुबैको भिम अस्पताल भैरहवामा उपचार भैरहेकोमा माया कुर्मीको भने आज विहान साढे ५ बजे मृत्यु भएको प्रहरीले बताएको छ । दुबै सवारी साधन र ट्रक चालकलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय लुम्बिनीले जानकारी दिएको छ ।