नेवि संघ संगठन विस्तारमा, जनता माविमा वर्षा अध्यक्ष

पाेखरा । कास्कीकाे क्षेत्र नम्वर १ मा नेपाल विद्यार्थी संघ यतिवेला संगठन विस्तारमा जुटेकाे छ । यसैविच कास्कीकाे रुपा गाउँपालिका वडा नम्वर ३ काे जनता माविमा वर्षा कुमालकाे अध्यक्षतामा १३ सदस्यीय समिती गठन भएकाे छ ।

जसकाे उपाध्यक्षमा समीर कुमाल, सचिवमा सफल माल
सह-सचिवमा सागर कुमाल, कोषाध्यक्ष सुष्मिता सुवेदी चयन भएका छन् । यसै गरि सदस्यहरुमा सन्दीप सुवेदी, सन्देश माल, रेजीना परियार, रितेश कुमाल, विशाल गुरुङ, रोशन कुमाल,निरज बन्जरा र कुशल नेपाली चयन भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस रूपा ३ का सभापति बाबुराम ओझाले सर्वोच्च अदालतले फागुन ११ गते गरेको संसद पुर्नस्थापनाको फैसलालाई स्वागत गर्दै जित न्यायको पक्षमा भएको बताए ।

“न्यायलय मरेको छैन” भन्ने सन्देश गाउँसम्म आएको बताउँदै उनले युवा विद्यार्थीलाई पार्टी, गलत शासकको झण्डा र मतियार नभई राष्ट्र निर्माणमा सिर्जनात्मक र रचनात्मक कार्य गर्न आग्रह गर्दै पुरानो र जनताको प्रिय पार्टी कांग्रेसमा अबकाे पुस्तालाई निस्वार्थ नेविसंघ रोज्न आग्रह गरे ।

कार्यक्रममा नेपाली कांग्रेस रूपा ३ सचिव नवराज ढुङ्गाना,नेवि संघ नेता विमान प्रधान,राजिव भण्डारी लगायतकाे उपस्थिती रहेकाे थियाे ।

नेवि संघका नेता निरोज लामिछानेले सञ्चालन गरेकाे कार्यक्रम नेवि संघ कास्की १ का क्षेत्रिय सभापती सागर रानाभाटको सभापतित्वमा सम्पन्न भएकाे थियाे ।