सरस्वती पूजाकाे अवसरमा सल्युट गाेर्खाले हरेक तालिम प्याकेजमा छुट दिने

पाेखरा । पाेखराकाे सल्युट गोर्खा भर्ति तालिम केन्द्रले हरेक तालिमकाे प्याकेजमा छुट प्रदान गर्ने भएकाे छ ।

सरस्वती पूजाकाे दिन मंगलवारदेखि अाफ्नै क्याम्प चाउथेबाट तालिम केन्द्र सञ्चालन गर्ने अवसरमा हरेक तालिम प्याकेजमा रु. १० हजार छुट प्रदान गर्ने सञ्चालक राहुल पाण्डेले बताए । उनका अनुसार छुटक प्राप्त गर्ने अवसर सरस्वती पूजाकाे दिनकाे लागि मात्र हुनेछ । सल्युट गाेर्खा अहिले पाेखराकाे रामबजारबाट सञ्चालित छ ।

भाेलिदेखि सल्युट गाेर्खाकाे अन्तराष्ट्रिय स्तरको अाफ्नै तालिम मैदान सहित सुविधा सम्पन्न छात्रावासको व्यवस्था हुने र सम्पूर्ण तालिम, तयारी कक्षा तथा छात्रवास आफ्नै क्याम्पभित्र सञ्चालन हुने सञ्चालक पाण्डेले बताए ।

सल्युट गाेर्खाले विगत १२ वर्षदेखि ब्रिटिश, सिंगापुर, इन्डियन आर्मी लगायत नेपाल आर्मी क्याडेट र अन्य गोर्खा भर्तिको सम्पूर्ण तालिम प्रदान गर्दै आएको छ ।

सामाजिक उत्तरदायित्व वहन गर्दै यस तालिम केन्द्रले गरिव, जेहेन्दार एवं अनुशासित प्रशिक्षार्थीहरुलाई विशेष छुट एवं छात्रवृत्ति प्रदान गर्दै आएको सञ्चालिका प्रभा रंजित पाण्डेले बताईन् ।

सल्युट गाेर्खामा अहिले पनि शारीरिक तालिमका साथै शैक्षिक एवं अन्तर्वार्ता तयारी कक्षा सञ्चालन समेत भईरहेको छ ।