हेमन्त कान्छा रसाइलीको संगीत संयोजनरहेको गीत हाम्रो रगतमा सार्वजनिक ।

श्रावण १६, नेपालमा जतियताको नाममा बिभिन्न घटनाहरु घट्ने गरेको समाचारहरु बेलामौकामा सुन्न अनी देख्न पाउँछौँ। यस्ता कुबिचर र कुप्रथाको अन्त्य कहिले हुन्छ? अहिले सबैको मनमा यही प्र’श्न उब्जेको छ। यसैबिच, कुशल विश्वकर्मा, प्रकाश रसाइली, हेमन्त कान्छा रसाइलीको हाम्रो रगतमा गीत सार्वजनिक भएको छ। गीतमा जातिय बिभेद र छुवाछुत जस्तो कुप्रथाको बिरोध गरिएको छ।

गीतको शब्द सिर्जना प्रकाश रसाइलीले गरेका हुन भने लय सिर्जना कुशल विश्वकर्माले गरेका हुन । गीतमा हेमन्त कान्छा रसाइलीले संगीत संयोजन गरेका छन । राजा प्रकाश सुनार, लोक विश्वकर्मा, आयुश परियार, दिपक बिक, संगिता रसाइली, सुर्य घताने, मंगल बहादुर नेपाली लगायतका कलाकारहरुको अभिनय रहेको गीतको निर्देशन भने प्रकाश रसाइलीले गरेका हुन ।

समिर रामदामले छायांकन गरेको गीतको भिडियो सम्पादन रमेश बिक रसाइलीले गरेका हुन भने रंग संयोजन रविन बिकले गरेका हुन ।