भदौ १ गतेदेखि सबै आन्तरिक तथा बाह्य हवाई उडान हुने ।

अाउन ५, भदौ १ गतेदेखि सबै आन्तरिक तथा बाह्य हवाई उडान खुल्ने भएको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले सबै प्रकारका हवाई उडान सञ्चालनका लागि तयारी सुरु गर्न पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (काेभिड १९)को न्यूनीकरणलाई ध्यानमा राख्दै सरकारले गत चैत्रदेखि आन्तरिक तथा बाह्य हवाई उडानमा रोक लगाएकाे थियाे ।

काेराेना भाइरस विरुद्धको उच्चस्तरीय स्वास्थ्य सतर्कता अनपाएर उडान सञ्चालन गर्न लागिएको संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले जानकारी दिएका छन् । भट्टराईका अनुसार पर्यटन मन्त्रालयले उडानलाई सहज बनाउने विभिन्न प्रोटोकल अपनाउने बताएका छन ।

काेराेना राेकथाम तथा नियन्त्रणका लागि जारीगरेकाे लकडाउन साउन ७ गते सकिने र अहिलेको लकडाउनको प्रणालीलाई अझै खुकुलो बनाइने भएको छ । विद्यालय तथा कलेज, फिल्म हल, जिम, लामो दुरीका सवारीसाधन लगायतका क्षेत्रलाई केही दिन अझै बन्द गर्ने र उद्योग तथा व्यवसाय सञ्चालनका लागि थप सहज वातावरण निर्माण गरिने बताइएको छ ।