१ महिनाकाे ७ अाेटा सटरकाे भाडा छुट गरेका घरबेटीलाई अबिर लगाएर सम्मान ।

असार १८, रत्नचाेक पाेखरा / काेराेनाकाे महामारी सबै व्यवसायीहरु व्यापार नहुदा भाडा कसरी तिर्ने भन्न तनाबमा भएकाे समयमा पाेखराकाे रत्नचोककाे ईन्द्रपुरि टाेल स्थीत एक समाजसेवी आमा देवी कुमारी गुरुङ्ग र उहाँका छोरा बेल बहादुर गुरुङ्ग द्वारा अाफ्नाे भाडामा दिएकाे ८ ओटा सटर को एक महिनाको भाडामा पर्न अाउने रु १ लाख २० हजार घर भाडा छूट गरेका छन ।

काेभिड १९ काे मारमा परेका व्यवसायीहरुलाई १ महिनाकाे भाडा छुटले निकैेेे राहात मिलेकाे वाउ फेसनका सञ्चालिका बिनिता खड्का र बालाकृष्ण घिमिरे बताउछन ।

एक महिनाकाे भाडा छुट गरिएकोमा सम्पुर्ण व्यवसायीले खुसि ब्यक्त गर्दै घरबेटी देवी कुमारी गुरुङ्ग र उहाँका छोरा बेल बहादुर गुरुङ्गलाई अबिर लगाएर सम्मान गरेका छन्। उहाँहरुले पुर्याउनु भएको सहयोग प्रति सम्पूर्ण व्यवसायीहरू अाभार ब्यक्त गर्दै आमा छाेराको सु-स्वास्थ्य एबम दिर्घायुकाे कामना गरेका छन ।