४ हजार ६ सय ५६ जना काेराेनालाई जितेर डिस्चार्ज भएका छन् ।

असार १७, गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या बुधवार ४१ जना संक्रमित थपिएसँगै गण्डकी प्रदेशमा संक्रमितकाे संख्या १ हजार ५८ जना पुगेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. बिनोदविन्दु शर्माले जानकारी दिए ।

हाल सम्म गण्डकी प्रदेशका संक्रमित मध्ये २ सय ८७ जना काेराेनालाई जितेर निकोभई भएर घर फर्किएका छन् भने स्याङ्जाका दुई संक्रमितको मृत्यु भईसकेकाे छ ।

याेसँगै पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितको संख्या १४ हजार ४६ जना पगेकाे छ । जसमध्ये ४ हजार ६ सय ५६ जना काेराेनालाई जितेर डिस्चार्ज भएका छन् । अाजसम्म कराेनाका कारण ३० जनाको मृत्यु भएको छ भने ।