पोखरा आइसोलेसनबाट एकै दिनमा १७ जनाले जिते कोरोना ।

असार १२, पोखराको आइसोलेसनमा राखिएकामध्ये काेराेना संक्रमित एकैदिनमा १७ जना डिस्चार्ज भएका छन्। 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक सह प्राध्यापक डा. अर्जुन आचार्यका अनुसार विभिन्न मितिमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा राखिएका उनीहरु शुक्रवार डिस्चार्ज भएका हुन्।

डिस्चार्ज भएकाहरूलाई गत जेठ २४ गतेदेखि असार १० गते सम्मका फरक फरक मितिमा आइसोलेसनमा राखिएको थियो।

उनीहरू कास्की, पर्वत, गोरखा र स्याङ्जा जिल्लाका छन्। जसमध्ये कास्कीका ११ जना पुरुष र ३ जना महिला गरी १४ जना, पर्वत र गोरखाका १/१ जना पुरुष तथा स्याङ्जाकी १ जना महिला गरि जम्मा १७ जनाले काेराेनालाई जितेका छन।

आइसोलेसनमा रहेकामध्ये पोखरा महानगरपालिका २७ का एक ५९ वर्षीय पुरुष २० दिनमा कोरोना निको भएका उनलाई गत जेठ २४ गते आइसोलेसनमा लगिएको थियो। यस्तै, आइसोलेसनमा लगेको तेस्रो दिनमा पनि २ जना डिस्चार्ज भएका छन्। यसरी काेहि ढिलाेमा २० दिन र काेहि ३ दिनमा पनि निकाे भएर घर फर्किएका छन ।