शिक्षा गरीबी र प्रबिधि ।

असार १२,

खासै महंग्गो पनी हो जस्तो लाग्दैन। यदी सरकार, समाज कल्याणकारी संस्थाहरु INGO, NGO, UNICEF र अन्यहरुले सहयोग गर्ने हो भने। हिजो किताब, कापी, कलम गाउँ गाउँमा बितरण गर्थे भने आज कम्पुटर बितरण गर्ने र सरकारले बिषेश ईनटर्नेटको ख्याल गर्नु पर्छ। शिक्षा आपुर्तीको लागी सामाग्री आफै जुटाउन सकियो भने घर बसेर धेरै कुरा जान्ने चासो बड्छ। प्रबिधिक शिक्षा सुरुवातमा कठिन हुन्छ तर छिट्टै जानिन्छ। जस्तै सुरुमा रिमोट वाला टिभी आउदा बाफ्रे कती धेरै बट्टन चलाउदा पनी बिग्रीपो हाल्छ की भन्दै सुमसुमौदै चाढै नै सिकियो। मोबाईल कै कुरा गरौ यदि मोबाईलको सट्टा त्यस यन्त्रको परिभाषा बिषेशता सम्पुर्ण जानकारी दिन बिषय बनाउने हो भने एउटा जिग्रीनै त्यो पनी कती बर्षको त बन्छ। मलाई कम्पुटर कोर्स गर्न गएको याद गर्छु हाँसो उठेर आउछ। तिन महिने कोर्ष, छ महिने कोर्ष र शुल्क महंग्गो नै हो, मतलब सामाग्रीको लगानी हेरी कन। जती समय हामीले लिएर अध्ययन गर्यों सायद कसैले केही घण्टा या हप्तामै सिके। हाम्रो के कुरा गरौ केही महिना पुरा भइ बर्ष पनी नगेको हुदैनन्, ती बच्चाले कती चाँढो टिप्न सकेका। त्यही पानामा शब्द उतार्दा बुझ्न पनी कठिन र लामो समय अवधी पस्यात पनी अनकनौदै ब्यख्य गर्नु पर्ने तर त्यही बिधी प्रबिधीमा ढल्काउदा मुखले होईन हातैले देखाएर छिटो भन्दा छिटो। यदी साधान हातमा थमाएर शिक्षाको सट्टा आदेश ( instructions) जसरी यो पछि यो, त्यस पछि यसो गर्ने सैलीमा भन्ने हो भने कथा दिमाखले स्वत:बनाई ब्यख्या पनी गरिसक्छ। सिक्ने मात्रै होईन समय यती छिटो बित्छ र धेरै बुझिसक्छन्। हामीले प्राबिधिक शिक्षालाई ध्यान दिने हो भने ठुलो आर्थिक भार बाट मुक्ति पनी पाईन्छ र ठुलो गुण, अव आउने पिढीलाई पनी लगाउछौ।
हामी खाली,”हाम्रो शिक्षाको गुणस्तरिय छैन,अन्तराष्ट्रीय आधुनिक शिक्षा सँग प्रतिशपर्दामा निकै पिछडिएका छौ भन्दै आउछौ। हजुर! प्रबिधीले त्यो सिमा पनी बिना महंगो मुल्य हटाई सकेका छन्। भर्चुअल संसारमा बिज्ञ आफ्नै आगाडी या कक्षामा शिक्षक सोयम उभ्भिएर नै निग्रानी गरी अध्ययन गर्नु पर्छ जस्तो म जरुरी ठान्दिन। शिक्षक र छात्र दुबै भर्टुअल र सामाग्री पनी भर्टुअल। अहिले नक्सा, बस्तु सबै भर्चुअल यथार्थ माध्याम आफैले अगाडी बसी प्रयोग नै गरेको जस्तो महसुस गरौछ।निग्रानी पनी अवस्य चाहिन्छ किनकी यस्को अभ्यास केवल अध्यनरत छात्रहरुलाई मात्र नभई अभिभावकहरुलाई पनी चाहिन्छ। जटिल समस्या हल गर्ने, ध्यान भट्किन गएमा मनोबिज्ञान अध्ययन गरी ध्यान केन्द्रित गराउने प्रबिधीबाट निकै स्पष्ट हुन सकिन्छ। जस्तै हाम्रो ब्यक्तिगत आनी बानी सबै कम्पुटरले अध्ययन गरी सक्या हुन्छ। हाम्रो मनोबिज्ञान पनी कम्पुटरले थाहा पाईसकेको हुन्छ र कस्को क्षमता कती छ र कुन बिषय तीर जोड़ दिदा राम्रो छात्रा हुन्न सक्छन् भन्ने अनुमान पनी प्रबिधीले बताउन सक्क्षम हुन्छ। यो सुन्दा अचम्ममा पर्नु भयो होला। तपाई अहिले पनी सचेत भएर सम्सया चाहे शारीरिक होस चाहे मानसिक आफ्नो कम्पुटरलाई ज़िकिर गर्नुस त्याहा अनुमानका ढेर आउछन् र ति मध्ये केही समस्या हुन सक्छन्। तर कम्पुटरमा धेरै लामो समय बिताउदा दिन प्रतिदिन खोज गरी आफुलाई लागेको कुरा लेख्दा होस, खोज्दा होस, या हेर्दा सबै कम्पुटरले निहाल्दै आएको हुन्छ र तँपाईको ब्यक्तित्व बिकाष पनी र केही सुझाव पनी दिन सक्छ यदी कम्पुटरलाई तँपाई गलत मोडिनु भयो या हराउनु भयो भने। यो ब्यक्ति या शिक्षक बाट पाईनन्।

केही समय अभ्यायसका लागी दिनु पर्छ र यो अभिभावकहरुले जान्दा पनी नोकसानी हुन्न। बिशेष गरिब समुदायकाहरुले त झन जान्नै पर्छ। प्रबिधिक शिक्षाले योग्यता नभए पनी क्षमताको बिकास गराई आधुनिक बजारमा प्रतिषर्दा गराउन या बुझाउन पनी मद्दत पुर्याउछ। परिवार र प्रबिधि दुबै एक सात गए शिक्षा झन आदन प्रदान र भोली आर्थिक बिकासमा पनी ठुलो टेवा पुर्याउछ। गरीबी निवारणको पनी हल गराउन संकेत प्रबिधि ढंग्गबाट भर पर्न सकिन्छ। हामी सँग हुदैन भन्ने बिकल्प पनी छ जस्तो लाग्दैन। हिन्दीमो कहावत छ नी एक तिर से दो सिकार भने झै। नया सैलीको अभ्यासको सिलसिलामा अभिभावकहरुले धेरै ध्यान दिनु पर्छ। त्यस पस्यात यो प्रबिधि के हो भन्ने पनी बाध्यता बस सिक्नै पर्ने हुन्छ, आफ्ना बाल बच्चाका भविष्य ख़ातिर।शारीरिक खटाई कम र छोटो समयमा बोद्दिक बृद्दी गर्ने पनी यो हत्यार भएकोले धेरै गरिबहरुलाई हामी प्रबिधिले निकै बिरोजगार बनाउन सक्ने अनुमानबाट बचाउन सकिन्छ र श्रमशक्ति जोगाउन पनी।
जसरी कम्पुटर मार्फत हाम्रो सबै जानकारी कैद हुन्छन्, त्यसरी नै देशको समाजिक,आर्थिक कारोबारको पनी रेकर्ड हुन्छ र सरकार र जनता माझ एक अर्कालाई स्पस्ट बुझ्ने माध्यम पनी। कहा चुवाहट भयो र हिसाब कहा गडबड भयो र कस्को ज़िम्मामा। यो सबै छर्लंग्गै हुदा यहा छलको पनी कमै ब्यापार हुन्छ। हरेक को जिवनको मात्रै नभएर देशकै उतार चढ़ाव निहाल्ने शिशी क्यामेरा हुन्छ।त्यसो हुदा हाम्रो राजनीतिमा सुधार ल्याउछ र जनता र प्रधान बिच पनी राम्रो सम्बन्ध क़ायम गर्छ। भागबण्डा शक्ति भन्दा कामको परिणामको हुन्छ ।

यो सस्तो त छ भने तर हालसालमा सुरु गरिहाल्दा केही असन्तुलन त जरुर हुन्छ। जस्तै ठुला शिक्षण संघसस्था जुन ठुला लगानी ऋणदईत्यादी गरी खोलिएको, ती बजारलाई मार पर्न सक्छ। गरिबी निवारण भनी जो धनी छन् तिनीहरुलाई पनी गरिब हुन दिनु हुन्न। यस प्रणाली अन्तर्गत तिनीहरुले पनी केही लगानी हाल्दा हुन्छ जस्तो लाग्छ। शिक्षकहरुले केही नबुझेको बिषयहरुलाई एक-एक गरी म्यासेज हेरी समय निकाली स्पस्ट गराउने काम गर्छन् र त्यो स्पस्टिकरण पनी ठिक छ छैन कम्पुटरले जाँच्छ ता की योग्यता अभाव आपुर्ती गराउन । शिक्षा प्रदान त अनलाईन हुन्छ तर रिसर्च अन्तर्गत लगानी गर्दा शिक्षाले पनी फट्को मार्ने सम्भावना देखिन्छ।

शिक्षकहरुलाई प्रबिधिक गाइड बनाई गाउँ गाउँ खटाउदा कसो होला? अहिलेको शिक्षा राम्रो सँग निहाल्दा धेरै जसो मनोरंजनात्मक र आकर्षणलाई ध्यान दिएर लोभ देखाई चलिएको देखिन्छ । प्रबिधि हुँदा-हुदै बिद्वानहरुले खच्चड र घोड़ामा फ़रक पाउदैनन् भने या भित्राउन कोशिस गर्दैनन् भने आग्रा र गाग्रा गरी बिषय टुंग्गाउन उप्रानत केही होईन। शिक्षालाई केही पुँजी त चाहिन्छ तर हवाई जहाज,पानी जहाज,रेल जसरी बिजनेस कल्लास र इकोनोमिक कल्लास बनाउदा समाज धेरै बोद्दिक बुद्दिहरु बाट बन्चित हुन जान्छ ।शिक्षालाई बुट्टाबरु नभरि र कसरी कम खर्चमा सबैले सम्मान ढंग्गमा दिन सकिन्छ त्यसरी जादा समाजले धेरै बिद्दहरु उत्तपादन गर्न सक्ने सम्भावना देखिन्छ।केही प्राक्टिकल बिषय पनी हुन्छन् जुन बिधार्थी घर बसी बसी मुमकिन हुन्न तर त्यत्रो एउटा टोलमा खेलकुद मैदान हुनु पर्ने भनी भाषण फुक्नेहरु शिक्षा अनतर्गतक केही ल्याब पनी हुनुपर्छ, अनुसन्धानका खातिर। हरेक टोलमा ल्याब भए अनुसन्धान या प्राक्टिकल पनी सम्भव छ । शिक्षा सस्तो छ यदी मनोरञ्जन र आकर्षणलाई यसबाट हटाउने हो भने। मनोरञ्जन र आकर्षणको फाँट बेग्लै हो। यही मनोरञजन र आकर्षणको परिभाषा बेग्लै छ।हिजोको शिक्षा जागिर खाने शैलीमा आधारित छन् भने आज उतपादित किन भने प्रबिधिले जसरी पनी उतपाद्दित तिर नै ढकल्छ। ल्याव पनी भर्चुअल केही तह सम्मका लागी बनौन सकिन्छ।

प्रबिधिक शिक्षामा नत ठुला ठुला भवन निर्माणको आवस्यकता, न त महंग्गो पोषाक, न त कापी कलम। अहिलेको शिक्षा सबैका लागी महंगो हुने, भवनको मर्मत मुल्य, प्रत्येक बस्तु न्युनीकरण, हरेक साल नया पाठ्यक्रम खर्च जरुरत पर्छ। यी सबै सधै लगानी गर्नु भन्दा केवल प्राविधिक शिक्षा मात्र भित्राउदा बराबर शिक्षाको हक भन्ने औचित्य पनी पाउछ र बिशेष शिक्षा निकै सस्तो हुन जान्छ जुन मलाई लाग्छ दिर्घकालीन शिक्षालाई भनी छुट्याएको पच्चिस प्रतिषत बजेट बाटै समाधान हुन्छ र गरिबीको लागी भनी छुट्याएको बजेट पनी बिस्तारै घट्दै जानेछ बरु त्यो बजेट अनुसन्धानका लागी र प्राविधिक बिकासको स्थापना गराउन खर्च गरे भविष्यमा समाजिक सन्तुलन ल्याउन सक्ला।प्राविधिक शिक्षण ब्यवस्था एउटा ब्यक्तिको मात्रै नभएर सम्पुर्ण देश संचालनको बहान बन्न सक्छ। सस्तो मुल्यमा महंगा सिप हामीलाई देश बिकासको खातिर एक दम आवस्यक्ता छ।