जेठ ३२, पर्वतको कुस्मा नगरपालिका ३ दुर्लुङमा शनिबार राती परेको भिषण वर्षासँगै बस्ती माथिवाट आएको पहिरोमा पुरिएर मृत्युु हुनेको संख्या ६ पुगेको छ ।
पहिरोले पुरीएका दिपा थापा र कमला विक, तुलबहादुर थापा, उहाँकी श्रीमती मीन कुमारी थापा, प्रमिसा विक र नातिनि विविशा थापाको शब फेला परेको थियो । पहिरोमा परेका ३ जना अझै बेपत्ता छन । बेपत्ता हुनेहरुमा सम्राट थापा, विवेक थापा, जेनिस विक र रहेका छन् ।
उनिहरुको जारी रहेको जिल्ल प्रहरी कार्यालय पर्वतले जनाएको छ । घटना घटे लगत्तै नेपाल प्रहरी, नेपाली सेना, ससस्त्र प्रहरी र स्थानीयहर उद्दारमा खटिएका थिए ।
बेपत्ताहुनेहरुकाे खोजी कार्य भैरहेको प्रहरी निरीक्षक सुबेदीले जानकारी दिए । गए राती १ बजेसम्म खोजी गरेपछि वर्षा नरोकिएकाले समस्या भएकाे थियाे र सुरक्षाकर्मि फर्किएको थिए । अाज विहानवाट पुनः उद्धार कार्य शुरु भएको कुस्मा नगरपालिका वडा न ३ का वडा अध्यक्ष तेजप्रसाद पाध्याले जानकारी दिए ।