पैसा कमाउन चाहनुहुन्छ ? लगाउनुस् घरमा चुम्बकले जसरी पैसा तान्ने क्रासुला मनी ट्री।

जेठ २९, काठमाडौँ। हरेक मानिसको भाग्यमा कुनै कुनै माध्यमबाट धन सम्पत्ति कमाउने योग बनिरहेको हुन्छ ।

योगको आधारमा मानिसले मेहनत गर्छन् र मेहनत अनुसार कसैलाई राम्रो र सजिलो हुन्छ भने कसैलाई कष्ट हुन्छ।

सजिलो र गाह्रो भनेको मनिसको आफ्नो पूर्व जन्मको कर्म पनि हो भनेर गितामा उल्लेख गरिएको छ ।

पैसाका लागि मानिसले धेरै तरिकाबाट काम गरेर कमाउने गर्नेछन् ।

थोरै मानिसले मात्रै जान्ने क्रासुला, तिव्बतियन वास्तु शास्त्रमा मनी ट्री भनेर पनि चिनिएको ।

वास्तु शास्त्रका अनुसार यसको महत्त्व फेंगशुमा अत्याधिक महत्व दिएकाले पश्चिमी देशहरुमा यसको माग अत्याधिक रहेको छ ।

यसको प्रयोगबाट घर, अफिस, व्यापार व्यवसाय गर्ने स्थानमा राख्दा चुम्बक जसरी पैसा तान्ने उनीहरुको विश्वास रहेको छ ।

धन वृद्धिका लागि यो बिरुवा निक्कै उपयोगी रहने बताइन्छ ।

नेपालमा यसको प्रयोग खासै भएको देखिँदैन । मनिप्लानटाका रुपमा लहरे बिरुवा रोप्न्ने प्रचलन पनि रहेको छ ।

पानी बिना पनि लामो समयसम्म बाँचिरहने उक्त बोट हरियो गाडा कलरको हुने हुँदा यसले राखेको स्थानमा नकारात्मक ऊर्जालाई सकारात्मक ऊर्जामा सजिलोसँग बदल्ने काम गरिरहेमो हुन्छ ।

यसलाई घर या आफू बसोवास गर्ने स्थानको दायाँ बायाँ लगाउने शास्त्रीय मान्यता छ ।

तिब्बतीयनहरुले आफू कसैको घरमा गएको अवस्थामा उक्त घरमा लगाएको रहेछ भने नथापाउने गरि आफ्नो घरमा लगेर लगाएमा शुभ रहने उनीहरुको विश्वास रहेको छ ।

प्रकृतिमा भएका हरेक बास्तुहरुसँग आफ्नो आफ्नो गुण हुन्छ, मनीप्रान्टले चुम्बकीय तरिकाले घरमा पैसा भित्र्याउन सहयोग गर्ने कुरा वास्तु शास्त्रमा उल्लेख गरिएको छ ।

घर, अफिस कार्यालय, व्यवसायिक भवनहरुमा यसको प्रयोगले सकारात्मक ऊर्जाको विकाश गर्दछ । मन, मस्तिष्कमा यस्ता खाले बोट हरुले सकारात्मक तरङ्ग पैदा गर्छ ।

आफ्नो तत्वअनुसार यस्ता चिजहरु घरमा राख्न सके शुभ हुन्छ

लेखक रिजाल ज्याेतिष तथा वास्तुविद् हुन

सम्पर्क ९८५१०६११२४