पोखराको नयाँबजारका एक व्यक्तिमा काेराेना संक्रमण पुष्टि ।

जेठ २६, सोमबार बिहान कोरोना संक्रमण पुष्टि भएका एक जना पोखराको नयाँबजारका व्यक्ति रहेकाे पुष्टि भएको छ ।

४२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको जानकारी प्राप्त भएपनि थप विवरण बुझ्ने क्रममा रहेको पोखरा ९ का वडा अध्यक्ष रामराज लामिछानेले जानकारी दिए ।

संक्रमित पुरुष पोखराको क्वारेन्टाइनमा रहेकाले धेरैसँग सम्पर्क नभएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी थिए ।

गण्डकी प्रदेशमा अहिले सम्म १ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । जसमध्ये ३ जना निको भएर घर फर्किएका छन् भने १ जनाको मृत्यु भएको छ ।