गण्डकी प्रदेशमा आईतवार थप ३८ जनामा कोरोना संक्रमण पुष्टि ।

जेठ २५, गण्डकी प्रदेशमा आईतवार थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ सय १३ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार स्याङ्जामा १४ जना बाग्लुङमा १० जना, गोर्खामा १० जना र नवलपुरका ४ जनामा कोरोनाको संक्रमण देखिएको हो।

स्याङ्जाको वालिङ नगरपालिकामा १३ जना र भीरकोटका १ जनामा संक्रमण पुष्टि भएको छ । बाग्लुङको बडीगाढका ९ जना र ढोरपाटनका १ जनामा संक्रमण देखिएको छ भने गोर्खामा गण्डकी गाउँपालिकाका ९ जना र पालुङटारका १ जना रहेका छन् ।
नवलपुरको हुप्सेकोटका ४ जनामा संक्रमण पुष्टि भएको ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

संक्रमित सबै १८ बर्षदेखी ५२ बर्ष उमेरका पुरुष रहेका छन ।

गण्डकी प्रदेशमा हालसम्म बागलुङमा २९ जना, स्याङ्जाका ३७ जना नवलपुरका १७, लमजुङका १ जना, म्याग्दीका २ जना, तनहुँका ३ जना, गोरखाका ११ जना, पर्बतका ९ जना र कास्कीका ४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म गण्डकी प्रदेशका ९ जिल्लामा संक्रमण देखिएको छ ।

संक्रमित मध्ये बागलुङका २ जना महिला, नवलपुरकी १ महिला र लमजुङका १ बालक गरी ४ जना काेराेनालाई जितेका छन् ।