जेठ २४, आज शनिवार नेपालमा ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ ।
शनिवार ३२ जना संक्रमणमुक्त भए घर फर्किएसँगै हालसम्म कुल ३ सय ६५ जनालाई डिस्चार्ज भईसकेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
डोल्पाका एक पुरुष र धनगढीका एक महिलामा सहित २ जनाकाे पिसीआर पोजेटिभका कारण मृत्यु भएसँगै नेपालमा कोरोनाका कारण मृत्यु संख्या १३ पुगेको छ ।
हालसम्म नेपालका ७७ जिल्लामध्ये ७० जिल्लाका मानिसमा संक्रमण पुष्टि भएको छ ।