नेपालमा कोरोना भाइरस संक्रमितकाे संख्या ३०४ पुग्याे ।

जेष्ठ ५, नेपालमा कोरोना भाइरसको संक्रमण संख्या ३०४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षण अनुसार नयाँ ९ जनामा पुष्टि भएको हाे ।

संक्रमितहरुमा रौतहट इशनाथ नगरपालिका वडा नं २, ३, ६ र ९ का निवासी २१, २१, २३, २५, २५ २९ र ३० वर्षका पुरुष रहेका छन् । यस्तै रौतहट माधवनारायण नगरपालिका ३ निवासी २८ वर्षिया महिला रहेकि छन् । यस्तै बारा करैयामाई वडा नं ५ निवासी ३८ वर्षिय पुरुष रहेकाे डा.अधिकारीले जानकारी दिए।

३६ जना निकाेभएर घर फर्किएका छन भने हालसम्म प्राप्त भएको विवरण अनुसार सबै संक्रमितकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे र बिभिन्न अस्पतालमा उपचार भइरहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।