हामी भोको पेटमा बालबालिका पढेकाे हेर्न सक्दैनाै ।

जेष्ठ ५, हामी विद्यार्थीको रुचिको कदर गरी शिक्षा दिन्छौँ । नानीको इच्छा विपरीत जवरजस्ती रुपमा शिक्षा दिनु जघन्य अपराध सरह हो । उनीहरुको मानसिक तथा शारीरिक अवस्थालाई मध्येनगर गरी शिक्षा दिनुपर्ने मान्यता हाम्रो छ । त्यसैले उनीहरुको मुड कस्तो छ, भोकाएको छ वा छैन ? नानीको शारीरिक अवस्थालगायतको कुरा अध्ययन गर्ने गर्दछौँ । हाम्रो मूख्य विशेषता भनेको नानीहरुलाई भोको पेटमा पढाउनु हुन्न भन्ने धारणा हो ।
त्यसैले उनीहरुलाई दिनको चार समय खाना तथा खाजाको व्यवस्था गरेका छौँ । प्रत्येक दिन बिहान ९ बजेसम्म हाम्रा सबै नानीहरु विद्यालयमा उपस्थित भइसकेका हुन्छन् । उनीहरुलाई क्रमश साढे ९ बजे ब्रेक फास्ट, १२ बजे लन्च, ३ बजे फलफूल र ४ बजे स्न्याक्स दिने गर्छौँ । स्न्याक्स गरेपछि मात्र उनीहरुलाई घर पठाउँछौँ ।
हाम्रो विद्यालयमा मैदाको कुनै परिकार बन्दैन । अभिभावकहरुले भन्नुहुन्छ, ‘घरको तरकारी मेरो छोराछोरीले कहिल्यै खाँदैनन् ।’ तर सबै नानीहरुले यहाँ तरकारी मजाले खानुहुन्छ । नानीलार्ई साग, खाना, दाल, अचार खुवाउँछौँ । कहिलेकाहीँ दहिसँग परौठा दिन्छौँ । धेरैजसो विद्यार्थीहरु शाकाहारी छन् । केही मात्र मांशाहारी छन् । त्यसैले गर्दा हामीले मांशाहारी खानाको तुलनामा शाकाहारी खानालाई विशेष प्राथमिकता दिएका छौँ । हप्ताको हरेक दिन फरक–फरक खाजाको व्यवस्था गरेका छौँ ।
बच्चाहरुलाई जारको खानेपानी दिन्छौँ । जुन मूलबाट नै आएको हुन्छ । त्यसैले गर्दा यहाँका बालबालिकाहरु स्मार्ट छन् । महिनाको एक पटक अभिभावकहरुलाई तालिम दिने गरेका छौँ । सो तालिममा आमाबुवा दुवैजना अनिवार्यरुपमा सहभागी हुनुपर्ने नीति छ । त्यसमा उहाँहरुलाई हामीले बालविकास, पोषणलगायत विभिन्न पक्षमा जानकारी दिने गर्दछौँ ।
हामीले विद्यार्थीको मुड हेरेर पढाउने गरेका छौँ । कक्षाकोठामा बसेर पढ्न इच्छुक भएका विद्यार्थीलाई कक्षाकोठामा र लाईव्रेरीमा पढ्न मन लाग्ने विद्यार्थीलाई उनीहरुको रुचिअनुसारको किताब पढ्न दिन्छौ । अन्त्यमा उनीहरुलाई एउटै कक्षामा राखेर कक्षाकोठामा बसेका विद्यार्थी र लाईव्रेरीमा पढेका विद्यार्थीलाई एकैस्थानमा राखेर समीक्षा गर्न लगाउँछौँ । समीक्षामा दुवै विद्यार्थीले एकले पढेको अर्को साथीले सुनाउँछ ।

प्रिन्सीपल
कैवल्य विद्याश्रम
पोखरा