काेरना भाईरसकाे जाेखिममा संचारगृह सग स्थानिय र प्रदेश सरकारले सहकार्य गर्नुपर्छ : संचारगृह

जेष्ठ ३,
कोरोना भाइरस (कोभिड-१९) को जोखिम रोकथाम तथा न्युनिकरणका लागि सरकारले जारी राखेको लकडाउनका कारण संचारमाध्यममा परेकाे समस्या , गण्डकी बाेडकाष्ट एशाेसेशन र प्रदेश , स्थानिय सरकार सगकाे समन्वय र सहकार्य बिषयमा अाज ( शनिबार ) जुम क्लाउड एचडी छलफल सम्पन्न भयकाे छ ।

बाेड्कारटिङ्ग एशाेसेशन अफ नेपाल गण्डकी प्रदेशका महासचिव दुर्गा अधिकारिकाे सहभागिता तथा गण्डकी बाेडकाष्ट एशाेसेशनका संयाेजक तथा रेडियो सामर्थ्यका प्रवन्ध निर्देशक सागर पाेखरेलकाे संयाेजनमा छलफल सम्पन्न भएकाे थियाे ।

छलफलमा वानका महासचिव अधिकारिले लकडाउनकाे समयमा समेत रेडियोहरुले खेलेकाे भुमिकाकाे प्रशंसा गर्दै जसरी बिनासकारि महा-भुकम्पमा जनतालाई सु-सुचित गरेकाे थियाे अहिले रेडियोहरुले अाफ्ना संचारगृह र संचारकर्मि मार्फत काेरना भाईरस ( काेभिट १९) काे न्युनिकरण र सतर्क रहन खेलेकाे भुमिका अझ प्रभावकारि रहेकाे बताउनुभयाे । महासचिव अधिकारिले अहिले विषम परिस्थितिमा समेत रेडियो संचालन गरिरहनुले संचारगृहकाे अहम भुमिका रहेकाे बताउदै रेडियो संचालनमा स्थानिय र प्रदेश सरकारले सहकार्य र समन्वय गर्नुपर्ने बताउनुभयाे ।

कोरोनाका कारण सिर्जित लकडाउनबाट रेडियोहरुमा परेको समस्या, आर्थिक अवस्था तथा वर्तमान अवस्थामा स्थानिय र प्रदेश सरकारले रेडियोहरुलाई स्वास्थ सुचना तथा जनहितमाजारि सन्देश प्रवाह गरि सहयाेग गर्नुपर्ने बताउनुभयाे ।
जुम क्लाउड एचडी मार्फत् संचालन तथा सहभागीता गराइएको अन्तक्रियामा गण्डकी ब्रोडकाष्ट एशोसियशनमा आवद्ध व्यवसायिक रेडियोहरुका प्रमुखहरुकाे छलफलमा स्थानिय र प्रदेश सरकारले रेडियोलाई र यसकाे प्रभावकारिता बुझ्न नसक्दा अामश्राेतालाई सु-सुचित गराउने संचार माध्यम धरासाहि बन्न पुगेकाे बताएका थिए ।
सो अवसरमा रेडियो प्रमुखहरुले विपद्को जुनसुकै समयमा रेडियोको अहम् भुमिका खेलेकाे, अन्य संचार माध्यम नपुगेको स्थानमा पनि रेडियोको सहज पहुँच हुने भएकाले सवै क्षेत्र तथा वर्गका लागि रेडियो उपयोगी सावित गरियकाे दाबी गरे ।

रेडियोले धेरै कार्यक्रम उत्पादनमा भन्दा गुणात्मक रुपमा कार्यक्रम उत्पादन तथा प्रसारणमा जोड दिनुपर्ने अाम नागरिकलाई बर्तमान समयमा काेरना भाईरसकाे न्युनिकरण र जाेखिमका बिषयमा रेडियो कार्यक्रम संचालनमा जाेड दिनुपर्ने तर्फ लाग्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिय ।