नेपालमा संक्रमितकाे संख्या २७८ पुग्याे ।

जेष्ठ ३, नेपालमा शनिबार ११ जनामा कोरानो भाइरस (कोभिड १९)काे संक्रमण भएसँगै संक्रमितकाे संख्या २७८ पुगेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो रिपोर्ट अनुसार महाेत्तरि, काभ्रे, कपिलवस्तु , बर्दिया, सिराह, पर्सा, सर्लाही, चितवनमा कोरोनाका नयाँ संक्रमित पुष्टि भएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या २७८ पुगेको छ । हालसम्म परुष २ सय २४ जना र महिला ५४ जना रहेका छन । संक्रमित मध्य ३६ जना काेराेनालाई जितेर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानएकाे छ ।