बैशाख २९, अाईतबारदेखि सरकारले विभिन्न संस्था , कार्यालय र अावत जावतमा खुकुलाे पारे सगै नेपालमा संक्रमितकाे सख्यामा समेत बृद्धी भएकाे छ ।
कुनै समय १/२ जना संक्रमित देखिँदा समेत डर त्रासमा रहने नेपालिहरु अहिले हरेक दिन काेरना भाईरसबाट दैनिक १०/१५ जना संक्रमित देखिन थालेका छन । नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । याे सँगै संक्रमितकाे संख्या १ सय ३४ पुगेकाे हाे । कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।
लक डाउनलाई खुकुलाे र भारतमा संक्रमितकाे सख्या बढे सगै सुरक्षित स्थानकाे खाेजि गर्दै खुल्ला सिमानाकाे फाईदा उठाउदै भारतिय भुमिमा रहेका नेपाली तथा भारतिय नेपाल प्रवेश गरे सगै नेपालमा काेरना भाईरसकाे संक्रमित सख्या दिनानुदिन बढ्न थालेकाे छ ।
अाफ्नाे स्वास्थ्यकाे समेत व्यावस्था गर्दै लक डाउनमा खुलेअाम व्यापार , व्यावसाय संचालन , सवारि साधनकाे प्रयाेग र खुल्ला सिमानाका कारण नेपालमा दिन दिनै काेरना भाईरस संक्रमितकाे सख्यामा वृद्धि दर बढ्दै गईरहेकाे छ ।