वैशाख १३, वीरगञ्ज स्थित नारायणी अस्पतालका चार जनाको पीसीआर परीक्षणको चौथो रिपोर्ट पनि नेगेटिभ आएको छ । भारतीय तीन नागरिक र रौतहटका एक युवक गरी चार जनाको पीसीआर परीक्षणको चौथो पटक रपोर्ट नेगेटिभ आएको हो ।
पीसीआर परीक्षणका लागि चार जना संक्रमितको स्वाबको नमूना संकलन गरी शुक्रबार हेटौंडा स्थित प्रयोगशाला पठाइएको थियो । शनिबार रिपोर्ट नेगेटिभ आएको जानकारी प्रयोगशालाले अस्पताललाई दिएको छ ।
चारै जनाको चौथो पटक पनि रिर्पाेट नेगेटिभ आएपछि उनीहरुलाई आइतबार डिश्चार्ज गरिने अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।