बैशाख १२ , अहिले संक्रमितको हिसावले भारत १६ औ स्थानमा छ। गत बैशाख ०४ गते हामीले समाचार तयार गर्दा १८ औ स्थानमा रहेको थिएो । भारतमा अहिले २३ हजार ९ सय ६५ जनामा संक्रमण देखिएको छ । अहिले सम्म भारतमा ज्यान गुमाउनेको संख्या ७ सय २३ पुगेको छ ।
भारतमा दिनानुदिन संक्रमण बढ्दै जादा नेपालमा पनि झनै चिन्ता थपिदै गएको छ । नेपालमा अहिले सम्म ४८ जनामा संक्रमण देखीएको छ । १० जना निको भएर घर फर्किएका छन् । आज सम्म ९ हजार ४ सय ७ जनाको परिक्षण गरियको छ । सरकारले कोरोना भाइरस रोथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म गरेको छ। त्यस्तै वैशाख १८ गतेसम्म सीमानाका र हवाइ उडान पनि बन्द रहनेछन्। सरकारले कोरोना भाइरस रोथामका लागि लकडाउन २०७६ साल चैत्र ११ गतेबाट जारी गरेको थियो ।
अहिले सम्म विश्वभर २७ लाख ७१ हजार ४ सय ९६ जनामा संक्रमण देखिएको छ । ति मध्ये ७ लाख ५७ हजार ४ सय २७ जना निको भएर घर फर्किएका छन् र १ लाख ९१ हजार ९ सय जनाको मृत्युु भएई सकेको छ ।